काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा खस्यो १९३०० भोट, कुन वडामा कति खस्यो भोट ?
थानकोट ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएसँगै मतपेटिका मतगणनास्थलमा ढुवानीको कार्य जारी छ ।
काठमाण्डाै क्षेत्र नं. १० को मतगणना कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा हुनेछ भने क्षेत्र नं. ९ को मतगणना रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा हुनेछ ।
काठमाण्डाै क्षेत्र नं. १० अन्तर्गत प्रदेश २ २७९०८ मतदाता भएकोमा १९३०० मत खसेको छ ।
जसअनुसार चन्द्रागिरि वडा नं. २ वाँडभञ्ज्याङमा १८४४ मत खसेको छ । त्यस्तै वडा नं. ३ थानकोटमा १८२३ मत खसेको छ । त्यस्तै चन्द्रागिरि वडा नंं ४ थानकोटमा २५२२ मत खसेको छ भने चन्द्रागिरि ५ महादेवस्थानमा १७३६ मत खसेको छ ।
चन्द्रागिरि ६ महादेवस्थानमा १८६५ मत खसेको छ भने त्यस्तै चन्द्रागिरि ७ महादेवस्थानमा १७८५ मत खसेको छ । चन्द्रागिरि ८ मातातीर्थमा २४७५ मत खसेको छ भने चन्द्रागिरि ९ मच्छेगाउँमा मा २०१५ मत खसेको छ । चन्द्रागिरि १० सतुंगलमा २०८६ मत खस्दा चन्द्रागिरि ११ सतुंगलमा ११४९ मत खसेको छ ।