नगरसचिव महर्जनलाई काठमाण्डाै क्षेत्र नं. ९ को निर्वाचन संयोजकको जिम्मेवारी

Thankot Times

थानकोट । 

नेपाली काँग्रेस चन्द्रागिरि नगरसचिव नविन महर्जनले आसन्न आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचन संयोजकको जिम्मेवारी पाएका छन् ।

महर्जनले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. ९ मा निर्वाचन संयोजकमा मनोनयन गरेको हो । 

संयोजकको जिम्मेवारी पाएसँगै महर्जनले काठमाण्डाै क्षेत्र नं. ९ को सरकारी सुरक्षा समितिसँग समन्वन, परामर्श तथा सहजीकरण गर्नुपर्नेछ । त्यस्तै, केन्द्रीय सुरक्षा समितिसँग समन्वयको जिम्मेवारी पनि महर्जनले पाएका छन् ।

काठमाण्डाै निर्वाचन क्षेत्र नंं ९ मा काठमाण्डौ महानगरपालिकाको वडा नं १२, १४, २१ र २२, चन्द्रगिरि नगरपालिकाको वडा नं १, १२, १३, १४, १५, र नार्गाजुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० पर्दछन् ।

यी मध्ये काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ख मा चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ वडा तथा नागार्जुन नगरपालिकाका ६ देखी १० नंम्बर वडाका इलाका पर्दछन् बाँकी प्रदेश क का इलाकामा पर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *