विश्व कप २०२२: ८ वटा रंगशालामा बियरको बिक्रीमा प्रतिबन्ध

Thankot Times

थानकोट । 

कतारमा हुने विश्वकप फुटबलको खेलका क्रममा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ ।

फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारमा यस्तो निर्णय गरेको हो ।

मुस्लिम बाहुल्य देश कतारले मदिरा बिक्रीलाई नियन्त्रण गर्ने कडा कानुनको बाबजुद विश्वकप खेलका क्रममा स्टेडियममा तोकिएको क्षेत्रमा रक्सी पिउन अनुमति दिइएको थियो । तर, स्टेडियमभित्रको कर्पोरेट क्षेत्रमा अझै पनि मदिरा पिउन अनुमति दिइएको छ ।

आइतबार कतार र इक्वेडरबीचको खेलबाट फिफा विश्वकप सुरु हुँदैछ ।

फिफाको प्रायोजक बडवाइजरलाई विश्वकपको समयमा बियर बेच्ने विशेष अधिकार दिइएको थियो ।

यस निर्णयपछि फिफाले जारी गरेको विज्ञप्तिमा यो निर्णयले बड जिरोको बिक्रीमा कुनै असर नपर्ने र विश्वकपका खेलहरूमा उपलब्ध गराउन जारी रहने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *