काठमाण्डाै क्षेत्र नं. १० का सबै मतदान केन्द्रमा सर्वदलीय बैठक सम्पन्न
थानकोट ।
आसन्न आम निर्वाचनको तयारी स्वरूप काठमाण्डाै क्षेत्र नं. १० का सबै मतदान केन्द्रहरूमा सर्वदलीय बैठक सम्पन्न भएका छन् ।
निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार निर्वाचन भयरहित, शान्तिपूर्ण एवं मर्यादित रूपमा सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रका सर्वदलीय प्रतिनिधिहरूले ऐक्यबद्धता व्यक्त गरेका छन् ।
यस क्षेत्रमा निर्वाचनका लागि ४७ मतदान स्थलामा ९७ वटा मतदान केन्द्र कायम गरिएका छन् । काठमाण्डाै क्षेत्र नं. १० मा चन्द्रागिरि नगरपालिका अन्तर्गतका २ देखी ११ सम्मका १० वटा वडा तथा कीर्तिपुर र दक्षिणकाली नगरपालिका अन्तर्गतका इलाकाहरू पर्दछन् ।
कूल ७६ हजार मतदाता रहेका यस क्षेत्रमा मतदाता संख्या ३९ हजार ५ सय ७९ जना छ भने पुरूष मतदाताको संख्या ३७ हजार ३ सय २५ रहेको छ ।