त्रिवि क्रिकेट मैदानबाटै समातिए सट्टेबाज

Thankot Times

थानकोट । 

सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ ।

नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो ।

क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ब्युरोका निर्देशक उत्तम सुवेदीले भने, ‘पक्राउ पर्ने धेरै छन् । संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छाडिनेछ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *