नेपाल र यूएईबीचकाे तेस्रो तथा निर्णायक खेल आज

Thankot Times

थानकोट ।
घरेलु टोली नेपालले तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेल आज खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।
दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन । नेपाल अन्तिम खेलमा सानदार ब्याटिङका साथ सिरिज उपाधि जित्न चाहन्छ । दोस्रो खेलमा १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले १०६–६ अवस्थाबाट पूरा गरेको थियो । उक्त खेलमा आरिफ शेखले ३३ र गुलशन झाले ३७ रन बनाउँदै नेपालको हार टारेका थिए ।

नेपालका शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । आजको खेलमा ओपनर आसिफ शेखलाई बेन्चमा राख्दै कुशल भुर्तेललाई गराउन सक्छ । आसिफले दुबै खेलमा राम्रो गर्न सकेका छैनन् ।

कुशल भुर्तेलले सुरुवाती दुई खेलमा मध्यक्रममा ब्याटिङ गरेका थिए । अर्जुन साउदलाई ठूलो इनिङ खेल्न दबाब हुनेछ । ज्ञानेन्द्र मल्ल सर्वाधिक अनुभवी खेलाडी हुन् । तर प्रदर्शन खराब छ । ज्ञानेन्द्रबाट अनुभवी प्रदर्शन चाहन्छ ।

यस सिरिजमा कप्तान रोहित पौडेल एक र ८ रनमा आउट भएका छन् । रोहितबाट नेपाल सानदार कप्तानी इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी पनि अपेक्षा अनुसार ठूलो इनिङ खेल्न सकेका छैनन् ।

नामिबिया अघि नेपालको तयारी हुँदा आज सोमपाल र करण मध्य एकलाई बेन्चमा राख्दै कमलसिंह ऐरीलाई मौका दिनसक्छ । त्यस्तै आदिल आलमलाई आजको खेलमा मौका दिनसक्छ । गुलशन झालाई आजको खेलमा विश्राम दिनसक्छ ।

पावर प्लेमा नेपालको बलिङ भने राम्रो हुन सकेको छैन । युएईका ओपनर वृत्य अरविन्द र मोहम्मद वासिमले पहिलो विकेटका लागि ७५ र ७२ रनको साझेदारी गरेका थिए ।

दोस्रो खेलमा पावर प्लेमा ७० रन बनाएपनि त्यसपछि नेपाल खेलमा फर्किएको थियो । पावर प्लेमा नेपालले राम्रो बलिङ गर्नुपर्ने हुन्छ । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा हुँदा सुरुवातमा विकेट लिँदा नेपाल खेलमा हाबी हुनसक्छ ।

यता वृत्य अरविन्द र मोहम्मद वासिम राम्रो लएमा छन् । युएई उनीबाट राम्रो सुरुवातलाई ठूलो इनिङमा बदल्न खोज्नेछ । युएईका अनुभवी खेलाडी रोहन मुस्तफा नेपाललाई घातक बन्नसक्छन् । उनको प्रदर्शनले मध्यक्रम ब्याटिङ निर्भर बढी रहनसक्छ । कप्तान सिपी रिजवान र एलिशान शराफुबाट मध्यक्रममा ठूलो इनिङ चाहन्छ ।
युएईको तीव्र गतिको बलिङ आक्रामण भने उत्कृष्ट छ । जहुर खान, जुनैद सिद्दिक र हजरत बिलाल तीव्र गतिका बलर हुन् । अथोडक्स स्पिनर आयन खान पुन घातक बन्न सक्छन् ।

हेड टु हेड :

नेपाल र युएईबीच हाल सम्म ८ ओडिआई खेल भएको छ । जसमा युएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छन् ।

प्रत्यक्ष प्रसारण तथा टिकट
यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर सिनेप्लस एचडीले गर्नेछन् । टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

युएईको टोली :
सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप(कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

नेपाली क्रिकेट टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा


Leave a Reply

Your email address will not be published. Required fields are marked *