‘काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ का मतदाताले परिवर्तन चाहेका छन्’- जसपा नेता प्रधान
थानकोट ।
आसन्न आम निर्वाचनको माैन अवधि आज मध्यरातबाट सुरू हुँदैछ ।
उम्मेदवारहरू आज अन्तिम चुनावी सभा र घरदैलोमा बिहानै देखी व्यस्त छन् । काठमाण्डाै क्षेत्र नं. १० मा पनि चुनावी अभियान अन्तर्गत प्रचारप्रसार गर्ने अन्तिम दिन दलका नेता कार्यकर्ता तथा उम्मेदवारहरू बिहानैदेखी मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
चुनावी प्रचारप्रसार अवधि सकिनै लाग्दा जनता समाजवादी पार्टीले बिहीबार चन्द्रागिरि नगरपालिका सतुंगलमा चुनावी कोण सभा आयोजना गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ का उम्मेदवार रमेशचन्द्र प्रधानले आफुले विगतमा जिल्ला विकास समितिको उपसभापति हुँदा चन्द्रागिरि क्षेत्रमा कोरेका विकासका खाकाहरूलाई मूर्त रूप दिन मतदाताले यस पटक आफुलाई मंसिर ४ गतेको निर्वाचनबाट अनुमोदन गर्ने विश्वास लिएको बताए ।
विगतमा आफुले कोरेका विकासका रेखाहरू अपेक्षाकृत रूपमा सफल हुन नसकेको बताउँदै प्रधानले पर्याप्त सम्भावना हुँदाहुँदै यस क्षेत्रमा विगतमा निर्वाचित विधायकहरूले जनमतको कदर गर्न नसकेको धारणा राखे ।
कार्यक्रमलाई सो पार्टीका क्षेत्रीय नेताहरूले समेत सम्बोधन गरेका थिए ।
जसपाले काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा मात्रै उम्मेदवारी कायम राखेको छ ।