काठमाण्डाै क्षेत्र नं. १० मा राप्रपाको चुनावी आमसभा सम्पन्न

Thankot Times

थानकोट ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० स्थित दक्षिणकाली नगरपालिकामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे । 

काठमाडौंको बबरमहलसहितका क्षेत्रमा घरदैलो कार्यक्रम सकेर दक्षिणकाली आइपुगेका मिश्रले विकृत राजनीतिको चट्टान तोडेर देशको दीर्घकालीन हितका लागि हलोमा मतदान गर्न आग्रह गरेका हुन् । हलोमा मतदान गर्दा कांग्रेस, एमालेसहितका पार्टीका विकृत नेतृत्व प्रतिस्थापन भएर देशले नयाँ नेतृत्व पाउने उनको भनाइ छ ।

‘यो पटक हलोमा भोट हाल्दा कांग्रेस-एमालेमा पनि विकृत नेतृत्व प्रतिस्थापन भएर नयाँ नेतृत्व विकासमा सहयोग पुग्छ र त्यसबाट देशको समग्र राजनीतिक सुधारमा सहयोग पुग्छ,’ मिश्रले भनेका छन् ।

राप्रपाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० मा बलराम थापा, प्रदेश क मा उमेश सापकोटा तथा प्रदेश ख मा सूर्यबहादुर महर्जनलाई उम्मेदवार उठाएको छ भने समानुपातिक तर्फ प्रदेशतर्फ प्रतिमा रानामगरलाई उम्मेदवार बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *