चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, उम्मेदवारले पनि आकर्षक उपहार पाउने

थानकोट ।
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्बजनिक गरेको छ ।
अफर अन्तरगत निर्बाचनमा भाग लिन जाने मतदातामध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका तीन जना उमेद्धारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।
कम्पनीले दिएको जानकारी अनुसार मतदाताले भोट दिएका उमेद्धारले निर्बाचनमा विजयी वा हार बेहोरेपनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफुले मत दिएको उमेद्वारको विषयमा बससेवालाई जानकारी दिएपछि उमेद्धारलाई उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिनेछ । विजेताको चयन बससेवाको आधिकारिक फेसबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिनेछ ।