पहिलो एकदिवसीयः नेपाललाई युएईको २६४ रनको लक्ष्य

थानकोट ।
नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।
उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए।
गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै
दीपेनद्र सिंह ऐरीको बलमा एलबीडब्लु आउट हुनुअघि भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए।