नेपाल र युएईबीचको पहिलो एकदिवसीय आज, खेल बिहान ९ बजेबाट सुरू हुने

Thankot Times

थानकोट । 

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको पहिलो एक दिवसीय खेल आज हुँदैछ ।

नेपाली समय अनुसार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलको नेपालीमा टिमको कप्तानी युवा ब्याटर रोहित पौडेलले गर्दैछन् । युएईको कप्तानी सिपी रिजवानले गर्नेछन् ।

नेपाल तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । उता टि-२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च छ । टि-२० विश्वकप खेल्दाका १० खेलाडी नेपाल भ्रमणमा छन् ।

आइसिसी विश्वकप लिग-२ अघि दुबै टोलीले तयारीको लागि यस सिरिज खेलेका हुन् । युएईको मध्यक्रम ब्याटिङ प्रमुख समस्या हो । नेपालको स्पिन आक्रामण कमजोरीको रुपमा छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *