कप्तान सुजाता तामाङ खेलको नायक बनेपछि साफ यू-१५ महिला फुटबलको उपाधी नेपाललाई

थानकोट ।
नेपालले बंगलादेशमा सम्पन्न साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले च्याम्पियनसिपको उपाधि चुमेको हो ।
डबल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
४ खेलबाट ३ जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।
नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो ।
खेल १-१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो ।