चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, चालु आवको ३ महिनामा १ करोड बढी खुद नाफा

थानकोट ।
चन्द्रगिरि हिल्स प्रालिको वित्तीय अवस्थामा सुधार हुँदै गएको छ । गत चैतसम्म घाटामा संचालन हुँदै आएको कम्पनी चालु आवमा नाफामा गएको छ ।
चालु आर्थिक वर्षको ३ महिनामा कम्पनीले १ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोजसम्म १ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको पहिलो त्रैमासमा कम्पनी २ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा थियो । कोभिडको असार कम हुँदै गएपछि कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको छ । पर्यटकीय गतिविधि बढेपछि कम्पनीको आम्दानी बढेसँगै नाफामा जान थालेको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८७.१७ प्रतिशतले बढेर १६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन आम्दानी ६९.२० प्रतिशतले बढेर १८ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी २५८.६७ प्रतिशतले बढेको छ ।
हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३८ करोड १३ लाख रुपैयाँल ऋणात्मक छ ।
नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । समीक्षा अवधिमा चन्द्रागिरिको प्रतिसेयर आम्दानी ३.४२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६.१९ रुपैयाँ ऋणात्मक थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ ७५.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १११५.३७ गुणा छ ।