तेस्रो चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता कार्तिक २५ र २६ गते

थानकोट ।
वेष्टर्न युनाइटेड क्लबको आयोजनामा तेश्रो चन्द्रागिरि वडास्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । ८० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिता कार्तिक २५ गते सुरू हुनेछ ।
मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुने आयोजक वेष्टर्न युनाइटेड क्लबले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल कार्तिक २६ गते शनिबार खेलाइनेछ ।
चन्द्रागिरि नगरपालिका मुल प्रायोजक रहेको प्रतियोगिताको उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी र पदक पाउनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी, उच्च गोलकर्ता र गोलरक्षकले जनही पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट टिमले पनि पाँच हजार रूपैयाँ हात पार्नेछ ।
प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिँदै वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको जानकारी दिएका छन् । प्रतियोगिताले स्थानीय स्तरमा फुटसल खेलको प्रवर्द्धन गर्न सहयोग गर्ने अपेक्षा लिएको घिमिरे बताए ।