साफ यू–१५ महिला च्याम्पियनसिपः नेपालको लगातार तेस्रो जित

Thankot Times

थानकोट ।

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ ।

बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो ।  वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन्।

जितसँगै नेपालले उपाधिको सम्भावना बलियो बनाएको छ ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि भुटानलाई नै ७-० ले हराएको नेपालले घरेलु टोली बंगलादेशमाथि १-० गोलअन्तरको जित रचेको थियो ।

तीन टोली सम्मिलित प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा खेलाइएको छ ।

भुटानले नेपाल र बंगलादेशसँग दुवै खेलमा पराजित भएपछि नेपाल र बंगलादेशबीच हुने प्रतियोगिताको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *