चन्द्रागिरि-१५ तीनथानामा गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम सञ्चालन गरिने

Thankot Times

थानकोट ।

स्थानीय स्तरमै रोजगारी सृजना गरी गराई वडाबासीहरूको गरिबी निवारण गर्ने उद्देश्यले चन्द्रगािरि नगरपालिका वडा नं. १५ तीनथानाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा शसर्त रूपमा तालिम सञ्चालन गर्ने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै वडा कार्यालयले लघु उद्यम विकास कार्यक्रममा सहभागी भई तालिम लिन इच्छुक वडाबासीहरूले कार्तिक २५ गते शुक्रबारसम्म आवेदन दर्ता गराउन अनुरोध गरेको छ ।

तालिम कार्यक्रमको थप विवरण यथासिघ्र प्रकाशन हुने वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिए । तालिम लिन इच्छुक जो कोहीले नागरिकता प्रमाणपत्रको छायाँप्रति सहित नाम टिपाउन सकिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *