वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

Thankot Times

थानकोट ।

 दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो । उद्घाटनमा कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तरण गरेकी थिइन् । 

प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । 

प्रतियोगिताको महिला–पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार रुपैयाँ पाउने आयाेजकले जनाएको छ ।

त्यस्तै, महिला–पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् भने पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनलाई २५ हजार, १५ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।  

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्षमाथि डबल्सकाले २० हजार, १० हजार र ५ हजार, ५५ वर्षमाथिका एकलले २० तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ पाउने वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *