इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

थानकोट ।
इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।
उक्त आईपीओका लागि कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयरका लागि ओवदन परेको थियो । जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको र बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
स्वीकृत आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार सेयर बाँडफाँट गर्दा कुल ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।