चन्द्रागिरि नगरले विभिन्न कार्यका लागि ‘इ-टेण्डर’ खुलायो

थानकोट ।
चन्द्रागिरि नगरपालिका कार्यालयले विभिन्न कार्यका लागि टेण्डर आह्वान गरेको छ ।
बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले सिसिटिभी जडान, ढुवानी तथा आपूर्ती, ताररहित इन्टरनेट डिभाइस जडानका लागि सो टेण्डर खुलाएको हो ।
साथै नगरपालिकाले कार्यालयका लागि ल्यापटप, कम्प्युटर, प्रिन्टर खरिदका लागि समेत टेण्डर आह्वान गरेको छ । ती टेण्डरहरूमा मंसिर ४ गतेसम्म आवेदन पेश गर्न सकिने जनाइएको छ ।