मंसिर ४ मा हुने चुनावमा एक हप्ता बिदा दिने त्रिविको तयारी

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता बिदा दिने तयारी गरेको छ ।

जाडोको बिदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा बिदा दिने सुझाव आएकोले त्यसैगरी बिदा दिने तयारी भइरहेको शिक्षाध्यक्ष शिवलाल भूसालले जानकारी दिए ।

चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता बिदा दिने तयारी रहेको भूसाल बताउँछन्, अनलाइन खबरमा समाचार छ ।

उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन पर्यो । क्याम्पसहरुमा पोलिङ सेन्टरहरु परेकोले एक हप्ता बिदा दिने तयारी हो ।’ उनको भनाई अनुसार बिदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।

विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो बिदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको बिदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता बिदा दिने तयारी गरिरहेको शिक्षाध्यक्ष भूसालले बताए ।

त्रिविले पुस १५ पछिदेखि जाडो बिदा दिँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *