सुनचाँदीको भाउ आज पनि बढ्यो

थानकोट ।
नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि बढेको छ ।
सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी तोलामा एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।