नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल कार्तिक ३० गते

Thankot Times

थानकोट ।

दशरथ रंगशालामा कार्तिक ३० गते नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार दिएको जानकारी अनुसार पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेको थियो । तर, एन्फाले निर्वाचनका कारण एक खेल मात्र खेल्न सक्ने जवाफ पाकिस्तानलाई पठाएपछि एक खेल मात्र हुने भएको हो ।

आन्तरिक विवादका कारण पाकिस्तान फुटबल फेडेरेसनलाई विश्व फुटबल महासंघले लामो समयदेखि निलम्वन गरेको थियो । गत जुन महिनामा निलम्बन फुकुवा भएपछि उसले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

सो खेलका लागि एन्फाले प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *