चन्द्रागिरि- ६ मातातीर्थकी जेशिकालाई नवाैं राष्ट्रिय खेलकुदमा रजत पदक

Thankot Times

थानकोट ।

वेष्ड डिभिजन तेक्वान्दो डोजाङ्गकी प्रशिक्षार्थी जेशिका श्रेष्ठले कार्तिक पहिलो साता गण्डकी प्रदेशमा सम्पन्न नवाैं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी छिन् ।

सशस्त्र प्रहरीको खेल समुहबाट जिम्न्यास्टिक खेलको समुहगत विधामा श्रेष्ठले सो पदक प्राप्त गरेकी हुन् ।

श्रेष्ठ सम्मिलित महिला समुहले समग्रमा ६४.३७५ पदकसहित रजत पदक हात पारेको हो । सो विधामा नेपाल प्रहरीको टोलीले स्वर्ण तथा नेपाली सेनाको टोलीले कास्य पदक जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *