बंगलादेशमा हुने यू-१५ महिला साफका लागि नेपाली टिमको बिदाई

Thankot Times

थानकोट । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशमा हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि शुक्रबार नेपाली राष्ट्रिय टिमको बिदाई गरिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाली टिमको बिदाई भएको हो ।

कार्यक्रममा उपस्थित नेपाल खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फा कार्यसमितिका सदस्य सरला श्रेष्ठ र महिला संघका पूर्वअध्यक्ष विन्द्रा देवानले खेलाडीहरुलाई बिदाई गरे ।

डबल राउन्ड रोबिन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ । प्रतियोगिताका लागि एन्फाले नेपाली टिमको प्रशिक्षणको जिम्मेवारी भगवती रानामगरलाई सुम्पिएको छ ।

ढाकामा नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालसँगै, घरेलु टिम बंगलादेश र भुटान गरी तीन टिमले प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *