आज कुन तरकारीको भाउ कति छ ? काउली किलोको ८६ रुपैयाँ ६७ पैसा

थानकोट ।
काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अनुसार आजको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।
सो सूची अनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसामा कारोबार भइरहेको छ । त्यस्तै इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय ८६ रुपैयाँ ६७ पैसा, कागती १६० रुपैयाँ प्रति किलोमा खरिद बिक्री भइरहेको छ ।
सुकेको खुर्सानी ४१० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेडा ८५ रुपैयाँ, चमसूरको साग २७५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँमा कारोबार भइरहेको रहेको छ ।