तीनथानाका जिम्न्यास्ट रिकेश तामाङलाई नवाैं राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक रजत
थानकोट ।
जिम्न्यास्टिक खेलाडी रिकेश तामाङले गण्डकी प्रदेशमा कार्तिक पहिलो साता सम्पन्न नवाैं राष्ट्रिय खेल महोत्सवमा दुई वटा पदक प्राप्त गरेका छन् ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानाका तामाङले जिम्न्यास्टिक खेलको पोमल हर्स विधामा ४.३० अंक प्राप्त गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै, तामाङले जिम्न्यास्टिककै पुरूष समुह विधामा ११३.५५५ अंकका साथ रजत पदक जितेका हुन्।
तामाङले प्रतियोगितामा सशस्त्र प्रहरी बलका तर्फबाट सहभागिता जनाएका थिए ।
यो पनि पढ्नुहोस्
चन्द्रागिरि-१० बोसिगाउँका बक्सर प्रदिप महर्जनलाई नवाैं राष्ट्रिय खेलकुदमा रजत पदक
नवाैं राष्ट्रिय खेलकुदः मच्छेगाउँका स्वर्णिमलाई दोहोरो स्वर्ण
काठमाण्डाै शिक्षा क्याम्पसकी छात्रा प्रमिलालाई नवाैं राष्ट्रिय खेलकुदमा कास्य पदक