आज तरकारी र फलफूलको बजार भाउ, रातो आलुको मूल्य प्रतिकिलो ९५ रुपैयाँसम्म

Thankot Times

थानकोट । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य प्रतिकिलो ९० रुपैयाँदेखि ९५ रुपैयाँसम्म छ ।

रातो आलु (भारतीय)को मूल्य ४२ देखि ४५ रुपैयाँ छ । यस्तै सुकेको प्याज (भारतीय) ५० देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

तने बोडी प्रति किलो ११० रुपैयाँदेखि १२० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यस्तै लोकल घिउ सिमी प्रति किलो ५० देखि ६० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *