चन्द्रागिरि नगरमा भिन्तुना र्याली कार्यक्रम स्थगित
थानकोट ।
नेपाल संवत् ११४३ का अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा यसपटक भिन्तुना र्याली कार्यक्रम नहुने भएको छ ।
ईटाःख्य, बालाःगां व नगांःचा नेवा पुचः को बैठकले संस्कृतिविद् शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको शोकमा यस वर्ष न्हूःदॅंको अवसरमा भिन्तुना र्याली कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
पुचः को आयोजनामा शताब्दी पुरूष जोशीको निधनको शोकमा आज चन्द्रागिरि ६ मातातीर्थमा शोक सभा आयोजना गरिएको छ ।