नैकाप गोल्डकपको फाइनल शनिबार, डिफेन्डिङ च्याम्पियन र रनर अप पुनः भिड्दै

Thankot Times

थानकोट ।

पश्चिम काठमाण्डाैको प्रतिष्ठित फुटबल प्रतियोगिता नैकाप गोल्डकपको उपाधि छिनोफानो शनिबार हुँदैछ ।

प्रतियोगिताको फाइनलमा साबिक विजेता नागार्जुन नगरपालिकाको तारकेश्वर युथ क्लब लगातार उपाधी कब्जा गर्ने रणनीतिमा रहँदा साबिक उपविजेता चन्द्रागिरि २ वाँडभञ्जाङ्गको ब्लु बेल एफसी गत संस्करणको फाइनलमा सडेन डेथ भोगेको ५-४ पराजय बिर्साउने पक्षमा हुनेछ । 

गत बुधबार सम्पन्न प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा स्थानीय गोल्डस्टार युवा क्लबमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै साबिक उपविजेता ब्लुबेल एफसीले गत सिजनको च्याम्पियन तारकेश्वरसँगको भेट पक्का गरेको हो भने गणेशमान स्मृति फुटसल क्बलाई ३-१ ले पराजित गर्दै तारकेश्वर युथ क्लब लगातार दोश्रो पटक उपाधी नजिक पुगेको हो ।

उपाधी विजेताले नगद पाँच लाख रूपैयाँ तथा ट्रफी हात पार्दा दोश्रो हुनेले नगद दुई लाख पचास हजार रूपैयाँ तथा ट्रफि पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताका दुवै सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद हात पार्नेछन्। त्यस्तै, यसै वर्षबाट आयोजकले चन्द्रागिरि स्पोर्ट्स अवार्डको पनि सुरूवात गर्ने बताइएको छ जसमा चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी मध्ये सर्वाधिक सफल खेलाडीलाई उक्त सम्मान प्रदान गरिनेछ । यस पुरस्कारको राशी ५० हजार रूपैयाँ रहनेछ ।

यस्तो छ पाँचाैं नैकाप गोल्डकपका दुवै फाइनलिस्टको उपाधि यात्रा

तारकेश्वर युवा क्लबको फाइनल यात्राः

समुह चरणः वेस्ट काठमाण्डाै एफसीविरूद्ध २-१
प्रि-क्वाटरफाइनलः ब्वाइज यूनियन क्लबविरूद्ध १-१ (५-३ )
क्वाटरफाइनलः वाणस्थली युथ सोसाइटीविरूद्ध १-०
सेमिफाइनलः गणेशमान स्मृति फुटसल क्लबविरूद्ध ३-१

ब्लु बेल एफसीको फाइनल यात्राः
समुह चरण किटिनी भञ्ज्याङ्गविरूद्ध ३-१
प्रि-क्वाटरफाइनलः बलम्बु स्पोर्टस् क्लबविरूद्ध १-०
क्वाटरफाइनलः युथ हसनटारविरूद्ध २-०
सेमिफाइनलः गोल्डस्टार युवा क्लबविरूद्ध २-१

फाइनल खेल चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा दिउँसो १ बजे सुरू हुनेछ । 


One thought on “नैकाप गोल्डकपको फाइनल शनिबार, डिफेन्डिङ च्याम्पियन र रनर अप पुनः भिड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *