तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

थानकोट ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा सुनको मूल्य एक हजार र चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ जहार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।