टी-ट्वेन्टी विश्वकप क्रिकेटः विश्व विजेता श्रीलंका नामिबियासँग पहिलो खेलमै स्तब्ध

Thankot Times

थानकोट । 

टी-२० विश्वकप क्रिकेट २०२२ को पहिलो खेलमै श्रीलंका नामिबियासँग स्तब्ध भएको छ । एसिया कप जितेर विश्वकप खेल्न अष्ट्रेलिया पुगेको श्रीलंका एसोसिएट्स टिम नामिबियासँग ५५ रनले पराजित भएको हो । 

अष्ट्रेलियाको भिक्टोरियामा भएको खेलमा जारी विश्वकपको फस्ट राउन्ड समूह ए को खेलमा टस हारेर नामिबियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंका १९ ओभरमा १०८ रन बनाउँदा अलआउट भयो । एकपकटको उपाधि विजेता श्रीलंका नामिबियासँग पराजित भएसँगै सुपर १२ मा प्रवेश गर्ने सम्भावा कम भएको छ । 

नामिबियाको जितमा ब्याटिङतर्फ जेन फ्राइलिंकले २८ बलमा ४४ रनको योगदान दिए भने बलिङमा डेबिड विजे, बेनार्ड स्कोल्ट्ज, बेन सिकांगो र जेन फ्राइलिंकले २-२ लिए । फ्राइलिंकले अलराउन्ड प्रदर्शन गरेपछि नामिबियाले ऐतिहासिक जित हात पारेको हो ।

विश्वकपमा उसले कुनै बेलाको विश्वविजेता टिमलाई स्तब्ध पारेको हो । यो समूहमा नामिबिया, श्रीलंका, यूएई र नेदरल्यान्ड्स छन् । यीमध्ये शीर्ष दुई टिम अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *