देशभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालीन प्रतिबन्ध

Thankot Times

थानकोट ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछि क्यानले प्याराग्लाइडिङ उडानमा रोक लगाएको हो। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अर्को व्यवस्था नहुन्न्जेल प्याराग्लाइडिङका सबै खाले उडान रोकिने बताए। 

अहिले पोखरामा जारी राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना पाइलटको ज्यान गएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *