नैकाप गोल्डकप: सेमिफाइनल प्रवेशका लागि आज गणेशमान स्मृति र गुणकेशरी तथा गोल्डस्टार र क्लिन भिजन भिड्दै

थानकोट ।
पाँचाैं नैकाप गोल्डकप अन्तर्गत शनिबार क्वाटरफाइनल चरणका अन्तिम २ खेल हुँदैछन् । दिनको पहिलो खेलमा मध्यान्ह १२ः३० बजे गणेशमान स्मृति र गुणकेशरी भिड्दै भिड्दैछन् । यो खेलको विजेताले सेमिफाइनलमा कार्तिक १ गते साबिक विजेता तारकेश्वरको सामना गर्नेछ ।
त्यस्तै, दिउँसो २ः३० बजे हुने अन्तिम क्वाटरफाइनल खेलमा गोल्डस्टार युथ क्लब र क्लिन भिजन युनिटीबीच खेल हुनेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि कार्तिक २ गते साबिक उपविजेता ब्लु बेल एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल कार्तिक ५ गते खेलाइने आयोजक चन्द्रागिरि स्पोर्टस् एकेडेमीले जनाएको छ । उपाधी विजेताले नगद पाँच लाख रूपैयाँ हात पार्नेछ ।