थानकोटमा बस्दै आएका एक पुरूष बैंकिङ कसुर समातिए
थानकोट ।
बैंकिङ कसुरमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की मादी गाविस-७ स्थायी घर भइ हाल चन्द्रागिरि नगरपालिका थानकोट बस्ने नारायण भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट पक्राउ गरेको हो।
भण्डारीलाई बैंकिङ कसुरको आधारमा पाटन उच्च अदालतले गत असार २९ गते दुई लाख जरिवाना, १ दिन कैद र ८ हजार क्षतिपुर्ति शुल्क भराउने फैसला गरेको थियो।
तर, उनी फरार भएका थिए। प्रहरीले बिहिबार पक्राउ गरी ललितपुर जिल्ला अदालत लगनखेल पठाएको कार्यालयका प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।