चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घट्यो, सुनको मूल्य स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सूनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तोलाको ९४ हजार २०० रूपैयाँमै कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।

बुधबार तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *