काठमाण्डाैका क्षेत्र नं. १० का उम्मेदवारलाई माछादेखी हारमोनियमसम्मका चुनाव चिन्ह
थानकोट ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागि हुने उम्मेदवारहरूका लागि चुनाव चिन्ह प्रदान गरेको छ ।
मंगलबार मनोनयन फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारहरूका लागि आयोगले बुधबारसाँझ देशभरका मुख्य निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह दिएको हो ।
आयोगले काठमाण्डाै क्षेत्र नं. १० संघ र प्रदेश तर्फका सबै उम्मेदवाहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । यस क्षेत्रको संघ तर्फ २ स्वतन्त्रसहित १८ उम्मेदवारहरूले चुनाव चिन्ह पाएका छन् । त्यस्तै प्रदेश तर्फ प्रदेश क मा एक स्वतन्त्रसहित ९ जनाले चुनाव चिन्ह पाएका छन् भने प्रदेश ख मा २ स्वतन्त्रसहित १२ जनाले निर्वाचन चिन्ह पाएका छन् ।