उम्मेदवारी फिर्ता लिने समय सकियो, काठमाण्डाै क्षेत्र नं. १० मा कस-कसले लिए उम्मेदवारी फिर्ता ?
थानकोट ।
आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दर्ता भएको उम्मेदवारी फिर्ता लिने समयसीमा सकिएको छ ।
सर्वत्र चासोका साथ हेरिएको काठमाण्डाै क्षेत्र नं. १० तथा सो क्षेत्रका २ प्रदेशमा उम्मेदवारी दर्ता गराएका मध्ये ३ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार संघतर्फ काठमाण्डाै क्षेत्र नं. १० मा उम्मेदवारी दिएका जसपाका संगम नेपालले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै प्रदेश तर्फ १० क मा उम्मेदवारी दिएका जसपाकै पञ्चलाल महर्जनले पनि उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, प्रदेश क तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रमोदकुमार बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुने बताइएको छ।