कक्षा १२ को परीक्षा २०८० को बैशाख दोस्रो हप्ता, नतिजा प्रकाशन साउन मसान्तभित्र हुने

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० को बैशाख दोस्रो हप्ता सुरूहुने जनाएको छ । सो परीक्षाको नतिजा साउन मसान्तभित्र हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० बैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा २०८० बैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ ।

कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि २०७९ कार्तिक मसान्तभित्र रजिष्ट्रेसन आवेदन फाराम वितरण हुनेछ । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेसन आवेदन फाराम २०७९ पुस १५ गतेभित्र भरिसक्नुपर्ने, विलम्ब शुल्कसहित पुस मसान्तसम्म र विद्यालयहरुले माघ १५ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित कार्यालयहरुले फागुन १५ गतेभित्र सम्बन्धित विद्याहरुलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्नुपर्ने उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *