घट्यो सुनको मूल्य, तोलामा १ हजार २ सय रूपैयाँले गिरावट

थानकोट ।
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १ हजार २०० रुपैयाँले गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।
दसैं बिदापछि पहिलोपटक आइतबार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ ।
हिजो सोमबार सुनको मूल्य ८०० रुपैयाँले ओरालो लागेको थियो ।