घट्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्यसमेत तोलामा आठ सय रुपैयाँले घट्दै ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *