नेकपा एमालेबाट काठमाण्डाै १० मा हिमेश केसी, प्रदेश ख मा रामशरण आलेमगर
थानकोट ।
मंसिर ४ का लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि अहिले उम्मेदवारको मनोनयन कार्य जारी छ ।
काठमाण्डाै क्षेत्र नं. १० को कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा अहिले नेकपा एमालेका उम्मेदवारको मनोनयन दर्ता गराउँदैछन् । प्रतिनिधि सभा सदस्यतर्फ सो पार्टीबाट हिमेश केसी उम्मेदवार चयन भएका छन् ।
क्षेत्र नं. १० को प्रदेश क तर्फ शीवभक्ति बलामी तथा प्रदेश ख तर्फ रामशरण आलेमगर उम्मेदवार चयन भएका छन् ।