राप्रपाबाट काठमाण्डाै क्षेत्र नं. ९ मा देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराए

Thankot Times

थानकोट ।

काठमाण्डाै क्षेत्र नं. ९ को निर्वाचन अधिकृतको कार्यालयमा राप्रपाले उम्मेदवारी दर्ता गराएको छ । 

प्रतिनिधि सभा सदस्य तर्फ सो पार्टीका देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् । सो क्रममा प्रदेश तर्फका उम्मेदवारहरू क बाट नुरज बज्राचार्य तथा ख दिलीप कार्कीले पनि मनोनयन दर्ता गराएका छन् । 

मनोनयन दर्तापछि थानकोट टाइम्सलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानले आम मतदाताको विश्वास आफुले पाउने कुरामा विश्वस्त रहेको प्रतिक्रिया दिँदै क्षेत्र नं. ९ को संवद्धिका आफु र आफ्नो पार्टीका लागि मतदान गर्न आग्रह गरे । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *