तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट । 

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी सुन ९५ हजार ५ सय र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । एकै पटक मूल्य बढ्नुको कारण दशैं बिदाको मूल्य समायोजन भएको महासंघले जनाएको छ ।

दशैं बिदाका कारण सुन चाँदीको अन्तर्राष्ट्रिय मूल्य समायोज भइरहेपनि नेपालमा भने रोकिएको थियो । त्यसैको समायोजन गर्दा मूल्य बढेको महासंघले जनाएको छ ।

दशैं बिदा सुरु हुनु अघिको अन्तिम दिन १४ असोजमा ९३ हजार रुपैयाँमा छापावाल सुन र ११ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *