काठमाडौं क्षेत्र नं. ९ बाट उम्मेदवारी दिँदै मिलन पाण्डे
थानकोट ।
विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पाण्डेले आइतबार सामाजिक सञ्जालमार्फत् विवेकशील अभियानको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दिने जानकारी दिएका हुन् ।
पेशाले सिभिल इन्जिनियर ३३ वर्षीया पाण्डे वैकल्पिक राजनीतिमा सक्रिय छन् ।