धर्मराज केसी र यमुनादेवी श्रेष्ठ काँग्रेसकाे समानुपातिक सूचीमा

Thankot Times

थानकोट । नेपाली काँग्रेसले आसन्न निर्वाचनका लागि प्रदेशतर्फकाे समानुपातिक उम्मेदवारहरुकाे संशाेधित बन्द सूची निर्वाचन आयाेगमा पेश गरेकाे छ ।

नेपाली काँग्रेस स्राेतका अनुसार बागमती प्रदेशका लागि काठमाडौं क्षेत्र नं. १० ख का नेताद्वय धर्मराज केसी तथा यमुनादेवी श्रेष्ठकाे नाम साे सूचीमा अटेकाे बताइएको छ । केसी खस आर्य पुरूष तर्फ तथा श्रेष्ठ आदिवासी जनजातिकाे महिला क्लस्टरमा परेका हुन् ।

यसअघि साे सूचीमा श्रेष्ठकाे नाम थियो भने संशाेधित सूचीमा केसीको नाम समावेश भएकाे हाे । धर्मराज केसी चन्द्रागिरि ८ तथा यमुनादेवी श्रेष्ठ चन्द्रागिरि ११ निवासी हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *