काठमाण्डाै क्षेत्र नं. ९ मा टेक बहादुर पोखरेल घण्टी चिन्हको उम्मेदवारमा चयन

Thankot Times

थानकोट। 

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाण्डाै क्षेत्र नं. ९ मा टेक बहादुर पोखरेल (प्रभुराम) उम्मेदवारमा चयन भएका छन्। 

सोमबार सो पार्टीबाट उम्मेदवार चयनका लागि मतदान हुँदा पोखरेलले बढि मत पाएपछि उम्मेदवार चयन भएको रास्वपाले जनाएको छ। उम्मेदवारका चार जना आकांक्षी बीच भएको मतदानमा पोखरेलले सर्वाधिक ४ सय ४९ मत प्राप्त गरेका थिए । 

काठमाण्डाै १० मा सो पार्टीबाट प्रदिप विष्टले टिकट पक्का गरिसकेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *