तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङ र नेपाल भाषा(नेवार)लाई पनि कामकाजको भाषा बनाउने निर्णय गरेको बताइएको छ ।

त्यस्तै, प्रदेश मन्त्रिपरिषद् बैठकले सर्भर डाउन भएर रोकिएको भुक्तानी प्रक्रिया पुर्‍याएर गर्ने तथा प्रदेश औद्योगिक नियामावली स्वीकृत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *