चन्द्रागिरिमा मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकामाथि प्रहरीको लाठी
थानकोट ।
मिटरब्याजीविरुद्ध ४१ दिनदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच चन्द्रागिरिमा नगरपालिकामा झडप भएको छ। सोमबार माइतीघर मण्डला जान लागेका उनीहरुको समुहमाथि प्रहरीले लाठी चार्ज गरेको हो।
चन्द्रागिरि नगरपालिका- १५ तीनथानामा बसिरहेको आन्दोलनरत पक्षलाई सो स्थानबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ।
प्रहरीले माइतीघर जान नदिएपछि पीडितहरुले सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।
तस्बिरः राजकरण महतो