श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट

Thankot Times

थानकोट ।

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । सोमबार बिहान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको सनराइज क्यापिटलले जनाएको छ।

लघुवित्तले १५ देखि १९ भदौसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत आर्थत ५४७० कित्ता सेयर कर्मचारीहरुलाई र पाँच प्रतिशत अर्थात १९, ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन माग गरेको थियो ।

क्त आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो। जसमध्ये एक हजार ३१५ आवेदन रद्द भएका हुँदा १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ । सोहीमध्ये गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्दा १८ लाख भन्दा बढीले सेयर प्राप्त गर्न सकेनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *