तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनकाे मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।

सुनकाे मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ ।  चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ ।

महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *